इस्लाम धर्मावलम्बीको महत्वपूर्ण चाड ‘रमजान’ आजदेखि शुरु

काठमाडौं । इस्लाम धर्मावलम्बीको महत्वपूर्ण चार्ड ‘रमजान’ आजदेखि शुरु भएको छ । इस्लाम धर्मावलम्बीले यस पर्वलाई महत्वपूर्ण चाडको रुपमा मनाउँछन् ।

अरबी पात्रोअनुसार नौ महिनामा पर्ने उक्त पर्व साउदी अरबमा अघिल्लो दिन चन्द्रमा देखिएपछि नेपालमा आजदेखि शुरु भएको छ । एक महिनासम्म जारी रहने यस पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म निराहर बस्नुपर्ने प्रचलन छ ।

धर्मावलम्बीले चन्द्रमा नदेखिएसम्म रोजा ९व्रत० राख्न नमिल्ने हुँदा सूर्योदय अगाडि बिहानको खाना ९सेरी० खाने तथा साँझ सूर्यास्तपछि फलाहार ९इफ्तार० गर्छन् । धनी तथा गरीब दुवैथरी धर्मावलम्बीले रोजा बस्ने र पवित्र ग्रन्थ ‘नमाज’ वाचन गर्ने र अन्य धार्मिक गतिविधि गर्छन् । इस्लाम धर्ममा पाँच आधारस्तम्भलाई महत्वपूर्ण मानिन्छ । त्यसमा नमाज पढ्ने, रोजा बस्ने, हज ९तीर्थाटन०, जकात ९दान० र कल्मा पर्छ ।

धनी मानिसले वार्षिक समग्र आम्दानीको २।५ प्रतिशत गरीब, दुःखी तथा असहायलाई दान गर्ने परम्परालाई जकात र इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मद तथा उनका उपदेशलाई कल्मा भनिन्छ ।

दैनिक पाँच पटक नमाज पढ्ने, नमाजअन्तर्गतको ‘तरबी’ ग्रन्थ वाचन गर्ने, नैतिकवान् भई अरुको सहयोगका लागि समर्पित हुने सन्देश रमजानले दिन्छ । धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गर्न रमजानको महत्व छ । धर्मावलम्बीले रमजान सकिएको एक महिनापछि इद पर्व मनाउँछन् । मियाँले मुलुकमा बसोबास गर्ने सबै जाति र समुदायको महत्वपूर्ण पर्वमा बिदा कटौती गर्न नहुने बताउनुभयो । तथ्यांक विभागका अनुसार देशमा करीब ३० लाख इस्लाम धर्मावलम्बी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्