अन्ततः एमाले र माओवादी एकता, “मुलुक नयाँ दिशातर्फ उन्मुख”

काठमाडौं । लामो अन्तरसंघर्षपछि अन्तत नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको छ ।
एमाले र माओवादी केन्द्रको एकतापछि बनेको पार्टीको नाम भने नेपाल कम्युनिष्ट पार्टी राखिएको छ ।

पार्टी एकतासंगै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड दुवै ले एक अर्कालाई सपथ खुवाएका छन् ।
त्यसै अवसरमा दुवै पार्टीका केन्द्रीय सदस्यहरुले बालुवाटारमा सामुहिक सपथ लिएका छन् ।
बैठकले एमाले र माओवादी केन्द्रको नाममा रहेका सबै सम्पत्ति नयाँ पार्टीमा सार्ने निर्णय पनि गरेको छ ।

दुवै पार्टीबिचको प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ता र विष्णु पौडेल महासचिवको जिम्मेवारी तोकेको छ ।

नेतृत्वमा दुबै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् । त्यसपछिको वरियतामा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहेका छन् ।

एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय हुनेछ, जसमा एमालेबाट २६ र माओवादीबाट १९ नेता हुनेछन् । यस्तै ४४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति भएको छ ।
पार्टी एकता पछि मुलुकले नै निकास पाउने र देश सम्वृद्ध बन्ने आसाले नेपाली कार्यकर्ता तथा नेताहरु उत्साहित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्