एकता संयोजन समितिको बैठक बालुवाटारमा सुरु

काठमाडौं । एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुमवाटारमा सुरु भएको हो ।
बैठकले एमाले र माओवादी बीच आज घोषणा गर्न लागिएको पार्टी एकतालाई अनुमोदन गर्ने बताइएको छ ।
बुधबार बिहान एमाले अध्यक्ष केपी ओली तथा माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भएको झण्डै अढाइ घण्टा लामो छलफलपछि पार्टी एकता गर्ने सहमति जुटेको थियो । सो सहमतिपछि दुबै पार्टीको बैठकले एकता गर्ने निर्णयलाई अनुमोदन गरिसकेका छन् ।
एमालले बुधबार अपरान्ह ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको बैठकले पार्टी एकताको प्रस्ताव अनुमोदन गरेको थियो भने पार्टी एकतापछि निर्माण हुने नयाँ पार्टीको केन्द्रीय समितिको खाका तयार गरेको छ ।
यस्तै माओवादी केन्द्रले पनि सोहि समयमा पार्टी कार्यालयको विस्तारित बैठक बोलाएको थियो । माओवादी बैठक प्रचण्ड निवास खुमलटारमा बसेको थियो ।
दुवै बैठकमा पार्टी एकतामा भइरहेका प्रगतिवारे छलफल भए र एकतालाई टुङग्याउने विषय अनुमोदन भएको हो । ।

प्रतिक्रिया दिनुहोस्