बढ्यो अमेरिकी डलरको भाउ
काठमाडौं,४ माघ । आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज माघ ४ गते शुक्रबार अमेरिकी डलरको भाउ खरिददर १३८ रुपैयाँ १९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७९ पैसा कायम भएको छ । बिहीबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३८ रुपैयाँ ३९ पैसा र खरिददर १३७ रुपैयाँ ८९ पैसा कायम भएको थियो ।
१ युरोको बिक्रीदर १४२ रुपैयाँ ७९ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ १७ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १६९ रुपैयाँ ४१ पैसा खरिददर १६८ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ८ रुपैयाँ ९१ पैसा र खरिददर ८ रुपैयाँ ८७ पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८५ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८६ रुपैयाँ २९ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ १३ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५५ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्