भारतीय अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार, स्वास्थ्यवस्था सामान्य

काठमाडौं,३ माघ । भारतीय अभिनेता सैफ अली खानमाथि राति चक्कु आक्रमण भएको छ । बुधबार राति एक अज्ञात व्यक्तिले उनीमाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट खान घाइते भएको बीबीसी हिन्दी सेवाले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार राती एक अज्ञात व्यक्ति सैफ अली खानको घरमा पसेका थिए । त्यसपछि सैफ र ती व्यक्तिबीच झगडा भएको थियो । उक्त व्यक्तिले चक्कुले प्रहार गरेपछि अभिनेता सैफ घाइते भएका र उनको अस्पतालमा उपचार भइरहेको छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्