पोखरामा अर्को सातादेखि टाइगर कप भलिबल प्रतियोगिता हुने

काठमाडौं,१ माघ । पोखरामा अर्को साता सुरु हुने टाइगर कप भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ समान ६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै सहभागी टोलीको नाम सार्वजनिक गरेको छ । ३ विभागीय टोली नेपाल पुलिस क्लब, एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले दुवैतर्फ प्रतिस्पर्धा गर्नेछ ।

माघ १२ गते सुरु हुने प्रतियोगिताको पुरुषतर्फ भाग लिने अन्य ३ टोलीमा हेल्प नेपाल स्पोट्र्स क्लब, गण्डकी प्रदेश भलिबल संघ र श्रीलंकन भलिबल टिम रहेका छन्। ।

त्यस्तै महिलातर्फ टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब, आयोजक टाइगर ग्रुप र थाइल्याण्डको युनाइटेड प्यासन भलिबल क्लबको सहभागिता रहने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जनाएका छन् । पाँचौं संस्करणको फाइनल माघ १९ गते हुनेछ ।

टाइगर ग्रुपका सहभागी छ टोलीमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, श्रीलंकन भलिबल टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब रहेका छन् ।

त्यस्तै महिलातर्फ सहभागी छ टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमण्ड स्पोर्टस् क्लब’ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, टाइगर ग्रुप अफ पोखरा नेपाल र युनाइटेड प्यासन भलिबल क्लब, थाइल्याण्ड रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्