मकालु एयरको जहाज हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला

काठमाडौं । बुधबार विहानदेखि सम्पर्क विहिन भएको मकालु एयरको जहाज हुम्लाको खार्पुनाथ गाउँपालिकाको वामनखर्कमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

जहाजको चालक दलका दुई सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा किरण भट्टराई र आदित्य नेपाली रहेका छन् । मृतकको शवलाई माउण्टेन हेलिकप्टरले नेपालगञ्ज लगिएको छ ।

‘नाइन एन एजेयु’ कलसाइन रहेको जहाज सामान लिएर सुर्खेतबाट हुम्ला प्रस्थान गरेको थियो । आज सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको उक्त जहाज बिहान बाटै सम्पर्कविहिन भएको थियो।

प्रतिक्रिया दिनुहोस्