मकालु एयरको विमान दुर्घटना, चालक दलका दुवै सदस्यको मृत्यु

काठमाडौं । मकालु एयरको नाइन एन ए जे यु विमान दुर्घटना हुँदा दुईजना चालकको मृत्यु भएको छ।

सुर्खेतबाट सामान बोकेर हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा दुर्घटना हुँदा चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीको मृत्यु भएको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ ।

अहिले एकजनाको शव निकालिएको छ भने अर्को शव निकाल्ने प्रयास भइरहेको सुर्खेतका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । विमान ११ सय ७० किलो सामान लिएर सुर्खेतबाट सिमिकोटका लागि उडेको थियो ।

प्रतिक्रिया दिनुहोस्