भारतलाई हराउदैं अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा

काठमाडौं,२१ पुस । अस्ट्रेलियन क्रिकेट टोली विश्व टेस्ट च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । भारतसँगको पाँचौं टेस्टमा ६ विकेटको जित निकाल्दै श्रृंखला ३-१ ले जितेको अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा लगातार दोस्रोपटक पुगेको हो ।

भारतले चौथो इनिङमा दिएको १६२ रनको लक्ष्य अस्ट्रेलियाले चौथो दिनको सेसनमा ४ विकेटको क्षतिमा पूरा गर्दै श्रृंखला ३-१ ले कब्जा गर्‍यो । अस्ट्रेलियाको जितमा ट्राभिस हेडले अविजित ३४ तथा बेउ वेबस्टरले अविजित ३९ रन बनाए । उसमान ख्वाजाले ४१ रन बनाए । भारतका प्रसिध कृष्णाले तीन तथा मोहमद सिराजले एक विकेट लिए ।

त्यसअघि आफ्नो दोस्रो इनिङ सुरू गर्नुपूर्व ४ रनको अग्रता भएको भारतले थप १५७ रन जोड्दा अलआउट भयो । भारतका रिषभ पन्तले सर्वाधिक ६१ रन बनाए भने यशश्वी जैसवालले २२ रन बनाए । अस्ट्रेलियाका स्कट बोल्यान्डले ६ विकेट लिए । पहिलो इनिङमा ४ विकेट लिएका उनले टेस्ट करियरको पहिलो १०(विकेट फिगर पनि हासिल गरे ।

भारतले अन्तिम टेस्टमा टस जितेर पहिले ब्याटिङ गर्दै पहिलो दिनमै १८५ रनमा अलआउट भएको थियो । जवाफमा अस्ट्रेलिया १८१ रनमा अलआउट हुँदा भारत ४ रनको अग्रतासहित १५७ रनमा अलआउट हुँदा अस्ट्रेलियाले १६२ रनको लक्ष्य पाएको थियो ।

पहिलो टेस्टमा भारत विजयी भएको थियो भने तेस्रो ड्र भएको थियो । त्यस्तै, दोस्रो र चौथो टेस्ट अस्ट्रेलियाले जितेको थियो ।

टेस्ट च्याम्पियनसीपको फाइनलमा दक्षिण अफ्रिका यसअघि नै छनोट भइसकेको छ । दक्षिण अफ्रिकाले पहिलोपटक टेस्ट च्याम्पियनसीपको फाइनल खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्