डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी चेक गर्नुहोस् नतिजा

काठमाडौं ।  अमेरिकाले प्रदान गर्दै आएको डाइभर्सिटी भिसा (डिभी चिठ्ठा) को नतिजा सार्वजनिक भएको छ। अमेरिकाको डिभी कार्यक्रम अन्तर्गत सन् २०१७, अक्टोवर १८ देखि नोभेम्भर २२ सम्म भरेको डिभी लोटरीको रिजल्ट मंगलबार सार्वजनिक भएकाे हाे ।

नतिजा हेर्न डिभी चिठ्ठा भर्दा पाएको नम्बर, थर र जन्ममिति उल्लेख गर्नुपर्ने हुन्छ। दूतावासले डिभी भरेकाहरुलाई आफ्नो रिजल्ट डिभीलोटरी डट स्टेट डट जिओभी Https://Www.Dvlottery.State.Gov मा हेर्न आग्रह गरेको छ।

डिभीका लागि छनौट भएका व्यक्तिहरूलाई ईमेल वा पत्राचार मार्फत जानकारी नगराइने भन्दै दूताबासले जालसाजीपूर्ण ईमेल र चिट्ठीबारे होशियार रहन अपील गरेको छ।

प्रतिक्रिया दिनुहोस्