बोनस पछि समायोजित भएका ७ कम्पनीको सेयर मूल्य

काठमाडौं, १९ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ७ वटा कम्पनीका सेयर मूल्य समायोजन गरी नयाँ दर सार्वजनिक गरेको छ। समायोजन गरिएका कम्पनीहरूमा लुम्बिनी विकास बैंक, हिमालयन डिष्टिलरी, सूर्योदय वोमी लघुवित्त, कालिका लघुवित्त, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, कालिका पावर, र मेरो माइक्रोफाइनान्स रहेका छन्।

समायोजनको विवरण:

लुम्बिनी विकास बैंकः ३ प्रतिशत बोनसपछि, सेयर मूल्य ४६६ रुपैयाँ २ पैसामा समायोजन।

हिमालयन डिष्टिलरीः १५ प्रतिशत बोनसको आधारमा, समायोजित मूल्य १,१८३ रुपैयाँ ४८ पैसा।

सूर्योदय वोमी लघुवित्तः ६ प्रतिशत बोनसपछि, समायोजित मूल्य ७१४ रुपैयाँ ४३ पैसा।

कालिका लघुवित्तः ९.५ प्रतिशत बोनससँगै, सेयर मूल्य १,०४० रुपैयाँ ५७ पैसामा पुगेको, समायोजित मूल्य १००४.५७

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सः १.८७५९ प्रतिशत बोनसको आधारमा, नयाँ मूल्य ५५४ रुपैयाँ ६५ पैसा।

कालिका पावरः ७ प्रतिशत बोनस पछि, समायोजित मूल्य ५०३.७४ रुपैयाँ ।

मेरो माइक्रोफाइनान्सः ७.५ प्रतिशत बोनसको आधारमा, मूल्य ६८० रुपैयाँ ९३ पैसामा समायोजित।

समायोजनपछि सेयरधनीहरूले नयाँ दरमा कारोबार गर्न पाउनेछन्। बोनस घोषणासँगै समायोजन भएको मूल्यहरूले कम्पनीहरूको बजार मूल्यलाई पुनः परिभाषित गरेको छ।

प्रतिक्रिया दिनुहोस्