सूर्योदय वोमी लघुवित्तको लाभांश संशोधन
काठमाडौं, ७ पुस। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ को नाफाबाट यसअघि प्रस्ताव गरेको लाभांश संशोघन गरेको छ ।
कम्पनीले यसअघि सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश संशोधन भएको हो । अब कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ६.९६ प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस ६ प्रतिशत र कर प्रयोजनका लागि ०.९६ नगद लाभांश रहेको छ ।
प्रतिक्रिया दिनुहोस्