नागरिक लगानी कोषको लाभांश घोषणा
काठमाडौं, ७ पुस। नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ ।
कोषको आज बिहान बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको कुल १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमध्ये ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश रहेको छ ।
प्रस्तावित लाभांश नेपाल सरकार,अर्थ मन्त्रालय र कोषको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।
यसअघि कोषले आर्थिक वर्ष २०७९।८० को नाफाबाट १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्