सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दे जनकपुर बोल्ट्स बन्यो नेपाल प्रिमियर लिग च्याम्पियन
काठमाडौं,६ पुस । जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिगको उपाधि जितेको छ ।
मिलान्थाले ८७ रन बनाएपछि सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गरेको हो ।
सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको जनकपुरले फाइनलमा त्यसको बदला लिदै च्याम्पियन बनेको हो ।
प्रतिक्रिया दिनुहोस्