नेपाली राजनीतिको सबै भन्दा सुन्दरपक्ष एनपीएलको फाइनल हेर्न नेता सर्वसाधारण सबै कीर्तिपुरमा

काठमाडौं,६ पुस । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल हेर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा गृहमन्त्री रमेश लेखक कार्यकर्ता सहितका कीर्तिपुर क्रिकेट खेल मैदान पुगेका छन् ।

खेलले सबैलाई एकबद्ध गराउछ । आज एक पटक फेरी यहि कुरा दोहोराएको छ । आजको फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हेर्न राजनीति भन्दा माथि उठेर के सत्तापक्ष के विपक्ष एक ठाउँमा उपस्थित भएर खेलमा भने एकताको सन्देश दिएका छन् । यो नेपाली राजनीतिको सबै भन्दा सुन्दरपक्ष हो ।

त्रिवि मैदान परिसरमा दर्शकले भरिभराउ छ । दर्शक आ-आफ्नो टिमको समर्थनमा हुटिङ्ग गरि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्