नेपालले बंगलादेशलाई दियो ५५ रनको लक्ष्य
काठमाडौं, ५ पुसु । एसिसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई ५५ रनको लक्ष्य दिएको छ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा वर्षातका कारण ११ ओभरमा झारिएको खेलमा नेपाले ८ विकेट गुमाएर ५४ रन बनाएको हो।
नेपालका लागि सावित्री धामीले ११, कप्तान पुजा महतोले ९, अलिसा कुमारी यादवले ८ रन बनाए।
बंगलादेशका फर्जाना इस्मिन, अनिशा अख्तर सोबा, फहोमिदा चोया र हबिबा इस्लामले एक।एक विकेट लिए।
नेपाललाई आजको खेल जित्न सके फाइनल पुग्ने अवसर रहन्छ।
प्रतिक्रिया दिनुहोस्