राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व र समाजको समृद्धिः मन्त्री थापा

काठमाडौं । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापाले पछिल्लो पटक भएको राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व र समाजको समृद्धि हुने बताएका छन् ।

राप्रपा काठमाडौँ क्षेत्र नं ८ ले आज आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री थापाले मुलुकमा दिगो शान्ति र राजनीतिक स्थिरताका लागि आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको नेतृत्व आवश्यक रहेको बताए ।

लोकतान्त्रिक गठबन्धन निर्माण समयको माग भएको बताउँदै प्रजातान्त्रिक अभ्यासलाई संरक्षण गर्न अहिले चुनौती रहेको र देशमा पछिल्लोपटक भएको राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व र समाजको समृद्धि हुने बताउँदै आगामी निर्वाचनमा जनताले लोकतान्त्रवादी र राष्ट्रवादी शक्तिलाई अग्रस्थानमा लैजाने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रम आयोजक संस्थाका अध्यक्ष दिनेश अधिकारी, राप्रपा महानगर अध्यक्ष कृष्ण वज्राचार्यलगायतले झापा–३ मा गठबन्धनभित्र देखिएको अविश्वास र आशंकाले लोकतान्त्रिक गठबन्धनमा समेत समस्या आउन सक्ने भएको हुँदा यसको समाधान नेतृत्वले चाँडो खोज्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्