उद्योग मन्त्रालयलाई ९ अर्ब ८१ करोड

काठमाडौं आर्थिक वर्ष २०७५/०७६ का लागि उद्योग, वाणिज्य तथा अपूर्ति मन्त्रालयको ‘बजेट सिलिङ’ तोकिएको छ। अर्थ मन्त्रालयले उद्योगलाई ९ अर्ब ८१ करोड २९ लाख २१ हजार रुपैयाँ ‘बजेट सिलिङ’ तोकेको हो।

सरकारले मुलुक संघीय संरचनामा गएपछि आइपरेका समस्या समयमा सुल्झाउन नसक्दा आर्थिक वर्ष २०७५/०७६ को बजेटको सिलिङ निर्माणमा ढिलाइ भएकोे अर्थ मन्त्रालयका एक अधिकारीले बताए। संसदमा बजेट पेश हुन अब १५ दिन समय बाँकी रहेको छ। जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

यसै क्रममा अर्थ मन्त्रालयले बजेटको छलफललाई तीव्र बनाएको छ। सरकारी निकायहरुले बजेटको ‘सिलिङ’ बढ्ने बताइरहँदा अर्थशास्त्रीहरुले भने बजेट नबढाउन सुझाव दिइरहेका छन्। राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेटका लागि १२ खर्ब ४ अर्ब रुपियाँको सिलिङ अर्थ मन्त्रालयलाई पठाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्