विराटनगरले काठमान्डुलाई दियो १९.५ ओभरमा ११८ रनको लक्ष्य
काठमाडौं,३० मंसिर । नेपाल प्रिमियर लिगमा विराटनगरले किंग्सले काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ ।
आजको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको हो ।
यस खेलमा विराटनगरका राजेश पुलामीले २५, दिपक बोहराले २०, स्कट इडवार्डले १५, बसिर अहमदले १३ रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
विराटनगरलाई अलआउट गर्ने क्रममा काठमाडौंका गेरहार्ड इरास्मुसले तीन, दीपेश कँडेलले २ तथा शहाब आलम, करण केसी र डन डाउथवाइटले एकरएक विकेट लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्