विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई दियो १४० रनको लक्ष्य

काठमाडौं,२७ मंसिर । नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित स्थित त्रिवि मैदानमा बिहीबार दिनको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १३९ रन जोड्यो ।

विराटनगरका लागि स्कट इडवार्डले सर्वाधिक ४५ रन बनाए । डच कप्तान इडवार्डले एनपिएलको पहिलो खेलमा ३५ बलमा ५ चौका प्रहार गरे । उनलाई पोखराका कप्तान कुशल भुर्तेलले १९औं ओभरमा एलबिडब्लूको धरापमा पारे ।

त्यसअघि ओपनर लोकेश बमले २६ रन जोडे । पावरप्लेको अन्तिम बलमा रेमन्ड राइफरको बलमा क्याच हुनुअघि उनले १६ बलमा २ चौका र २ छक्का प्रहार गरे । मार्टिन गप्टिल भने ५ रनमै आउट भए । गप्टिललाई पोखराका सागर ढकालले पाँचौं ओभरमा बोल्ड गरे ।

नरेन भट्टले ४ रन मात्र जोड्न, उनलाई दिनेश खरेलले सागरबाट क्याच आउन गराए । निकोलास किर्टोनलाई पनि सागरले नै आउट गरेका थिए । किर्टोनले १३औं ओभरमा आउट हुनुअघि १६ बलमा १९ रन मात्र जोड्न सके ।

अन्तिम ओभरको पहिलो बलमा राइफरले विराटनगरका क्रिस सोललाई ७ रनमा विपिन खत्रीबाट क्याच गराए । चौथो बलमा वाइड हुँदा पनि दिपक बोहरा रनआउट हुन पुगे । विराटनगरका बसिद अहमद नटआउट २१ रन र प्रतिश जिसीले नटआउट मात्र ४ रन जोड्न सफल भए ।

बलिङमा पोखराका सागर ढकाल र राइफरले २(२ विकेट लिए । सागरले ४ ओभरमा १५ रन र राइफरले ३३ रन दिए ।

एनपिएलमा पोखरा र विराटनगरले यसअघि भएका चार चार खेल खेल्दा एक एक खेलमा मात्र जित निकाल्न सफल भएका छन्। ।

प्रतिक्रिया दिनुहोस्