लगातार घटेको नेप्से एकैदिनमा जोड्यो ४५ अंक, बजारमा हरियाली, धेरै पछि लगानीकर्तामा हौसला बढ्दै खुशीयालीको रौनक छायो
काठमाडौं, २६ मंसिर । लगातार एक साता घटेर १०६ अंक गुमाएको नेप्सेले एकैदिन ४५ अंक जोडेको छ।
गत साताको बुधबारदेखि नेप्से पसिसूचक निरन्तर घटेको थियो।
आज नेप्से १।७१ प्रतिशत बढेर २७१५।७१ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।
गत कारोबार दिन अर्थात् मंगलबार चार अर्ब ४१ करोडको सेयर कारोबार भएकोमा बुधबार पाँच अर्ब पाँच करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६४ करोड रूपैयाँ वृद्धि भएको हो।
ीबहmष् दबलप
आज ३०८ वटा धितोपत्रको एक करोड १३ लाख ८६ हजार ८५४ कित्ता सेयर किनबेच भएको हो।
बुधबार २११ कम्पनीको सेयर मूल्य बढेको छ भने २९ वटाको घटेको छ। यस्तै तीन कम्पनीको स्थिर रहेको छ।
यसदिन न्यादी हाइड्रोपावरको मूल्य सर्वाधिक ९।९७ प्रतिशतले बढेको छ।
ल्अभिि
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३८९ रूपैयाँ २० पैसा कायम भएको छ।
कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य ९।६२ प्रतिशतले बढेर प्रतिकित्ता दुई हजार ८१३ रूपैयाँ १० पैसा पुगेको छ।
यस्तै, खानीखोला हाइड्रोपावरको मूल्य सर्वाधिक ९।९९ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४१९ रूपैयाँमा झरेको छ।
दोस्रोमा जोशी हाइड्रोपावरको मूल्य ८।२२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ४३७ रूपैयाँ ८० पैसा कायम भएको छ।
बुधबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ९५६ रूपैयाँ ८० पैसामा ३६ करोड १५ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०।९४ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा रिभर फल्स पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ४१ रूपैयाँमा २० करोड २५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड बाहेकका सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से परिसूचक बढेको हो।
यस दिन बैंकिङ समूहको परिसूचक सर्वाधिक ३।४३ प्रतिशतले बढेको छ।
प्रतिक्रिया दिनुहोस्