एचआईडीसीएलको बोनस सेयर सहित लाभांश घोषणा

काठमाडौं, २६ मंसिर । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।

कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

घोषित लाभांश नियामक निकायबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ।

प्रतिक्रिया दिनुहोस्