जनकपुर, अपराजित यात्रामा बिराम, सुदूरपश्चिमसँग ७२ रनले पराजित
२६ मंसिर, काठमाडौं । सुदूरपश्चिमका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सले पहिलो हार व्यहोरेको छ । बुधबार विहानदेखि सुरु भएको खेलमा शीर्ष स्थानको जनकपुर दोस्रो स्थानको सुदूरपश्चिमसँग ७२ रनले पराजित भएको छ ।
सुदूरपश्चिमका बलरले घातक बलिङ सामु जनकपुरका ब्याटर टिक्न नसक्दा १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ अलआउट भयो ।
यसअघि चार खेल जितेर सानदार सुरुवात गरेको जनकपुर पहिलो हार व्यहोरेको छ । ५ खेल खेलेपछि जनकपुर र सुदूरपश्चिमको बराबर ८/८ अंक भएको छ ।
जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
लगातार चार खेल जितेर अपराजित रहेको जनकपुरले सुदूरपश्चिमविरुद्ध बलिङमा राम्रो गरेपनि ब्याटिङमा भने कमजोर प्रदर्शन रह्यो ।
जनकपुरलाई अलआउट गर्न सुदूरपश्चिमका लागि हर्मित सिंह, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले दुईरदुई विकेट लिए । सैफ जैब र नरेन साउदले समान एकरएक विकेट लिए । स्कट कुगुलेइनेल बलिङ गरेको पहिलो बलमै विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर १२३ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । यसैगरी सैफ जैबले २१, इशान पाण्डेले १७ र ब्राण्डन म्याकमुलेनले ११ रन बनाए । एनपीएलमा डेब्यु गर्दै वान डाउनमा ब्याटिङ गरेका हर्मित सिंह एक रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन् । आरिफ शेख ६, स्कट कुगेलेइन ७, नरेन साउद ३ रनमा आउट भए । नरेश बुढाएर ९ रनमा अविजित रहे ।
५५ रनमा पहिलो विकेट गुमाएको सुदूरपश्चिमको इनिङ्स त्यसपछि धर्मराएको थियो । सुदूरपश्चिमका सैफ जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । हर्श थाकरले आठौं ओभरमा यो साझेदारी तोडेपछि सुदूरपश्चिमले नियमित अन्तरालमा विकेट गुमाउन थाल्यो । त्यसपछि कुनै पनि विकेटका लागि राम्रो साझेदारी बन्न सकेन ।
जनकपुरका लागि किशोर महतोले ४ ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । शेर मल्लले ४ ओभरमा १९ तथा अरनिको यादवले ३ ओभरमा १६ रन खर्चेर २/२ विकेट लिए ।
जितपछि सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । समान अंक भएपनि नेटरनरेटका आधारमा सुदूरपश्चिम अघि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्