कीर्ति आजादलाई कार्वाही गर्न माग गर्दै नेविसंघ उत्रियो आन्दोलनमा

काठमाडौं । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आन्दोलित भएको छ । भारतीय सांसद कीर्ति आजादले प्रदेश नम्बर २ जनकपुरलाई भारतले दुई सय वर्षका लागि दिएको र त्यो समय सकिएकाले अब भारतमै गाभ्नुपर्ने भन्दै विवादित भाषण गरेपछि त्यसको विरोध स्वरुप नेविसंघ आन्दोलित भएको हो ।

नेविसंघले मंगलबार बिहान राजधानीको त्रिचन्द्र क्याम्पस अगाडि चक्काजाम, जुलुस र र्याली गरिरहेको छ । नेविसंघले १० बजेसम्म चक्काजाम गर्ने केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

सो क्षेत्र भएर आवत जावत गर्ने सवारी साधनलाई भने असर पुगेको छ ।

नेविसंघले आजादलाई कार्वाही गर्न नेपाल सरकारले भारत सरकारलाई कुटनितिक दवाब दिनु पर्ने मुख्य माग राखेर मंगलबार दिउँसो २ बजे भारतीय दूतावास  लैनचौरमा धर्ना दिने समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्