नेपाल प्रिमियर लिग: काठमान्डु गुर्खाजले चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिए

काठमाडौं, १७ मंसिर । काठमान्डु गुर्खाजले जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ । टस जितेर चितवन राइनोजले काठमान्डुलाई ब्याटिङको निम्तो दिएको थियो ।

खेलमा चितवन राइनोजका सोहेल तनविर सान्दार बलिङ गरे । उनले एनपीएलमा एकै खेलमा ५ विकेट लिने पहिलो बलर पनि बनेका छन् ।

३९ वर्षे भेट्रान बलर तनविरले आफ्नो चार ओभर कोटामा २१ रन खर्चेर ५ विकेट लिएका छन् । तनविरको धारिलो बलिङमा काठमान्डुका ब्याटरले संघर्ष गर्नुपरेको थियो ।

काठमाडन्डुको कप्तानी करण केसीले सम्हालिरहेका छन् भने चितवन राइनोजलाई कप्तानी कुशल मल्लले सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्