सुनको भाउ प्रति तोला एक हजार ६०० रूपैयाँले वृद्धि
काठमाडौं, १४ मंसिर । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ।
बिहीबार प्रति तोला तीन रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रति तोला एक हजार छ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ५० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रति तोला एक लाख ४९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्