जनकपुरबाट पाकिस्तानका मक्सुदको स्थानमा इंग्लिस अलराउन्डर बेनले खेल्ने
काठमाडौं, १२ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि जनकपुरले इंग्लिस अलराउन्डर बेन माइकलाई भित्र्याएको छ।
२६ वर्षीय बलिङ अराउन्डर माइकसँग इंग्ल्यान्डको घरेलु क्रिकेट खेलेको अनुभव छ। उनले ६७ टी–२० खेलमा ५७ विकेट लिनुका साथै ६६९ रन बनाएका छन्।
यसअघि भित्रिएका पाकिस्तानका शोएब मक्सुद फिट नभएपछि उनलाई टोलीमा भित्र्याएको जनकपुरको भनाइ छ।
जनकपुरको मार्की खेलाडीमा आसिफ शेख छन्।
टिम जनकपुरः आसिफ शेख – मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), बेन माइक (इंग्ल्यान्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका) ।
प्रशिक्षक– पुबुद दसानायके
प्रतिक्रिया दिनुहोस्