नेपालले ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकासँग खेल्दै
काठमाडौं, ११ मंसिर । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालले आज आफ्नो चौथो खेलमा दक्षिण अफ्रिकासँग खेल्दै छ ।
सुरूवाती दुई खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा सोमबार अफगानिस्तानलाई हराएको थियो । आजको खेल पौने १२ बजेदेखि सुरू हुँदै छ ।
दक्षिण अफ्रिकालाई हराएमा नेपालको सेमिफाइनलमा लगभग स्थान पक्का हुने छ । अन्तिम खेलमा बुधबार पाकिस्तानसँग खेल्ने छ ।
प्रशिक्षक नहेन्द्र निरौलाले आजको खेलमा पनि राम्रो प्रदर्शन गरेर जित्दै सेमिफाइनलमा स्थान बनाउने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्