यार्सागुम्बा संकलन शुरु, विद्यालय तीन महिनाका लागि बन्द

काठमाडौं। सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सागुम्बा संकलनमा वैशाख १६ गते रोक लगाएको थियो । तर वैशाखको अन्तिममा यार्सा संकलन गर्न खुला गरेपछि यहाँका स्थानीयबासिन्दा खुशी भएका छन र यार्सागुम्बा संकलन गर्ने क्रममा जिल्लाका दर्जनौं विद्यालय बन्द भएका छन् ।

यार्सा संकलन गर्दा सबैजसो घरबाट बालकदेखि हिडडुल गर्नसक्ने वृद्धसम्म यार्सा संकलन गर्न जाँदा विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेका दौलीचौरमा विकास व्यवस्थापन समिति अध्यक्ष कलक बोहराले बताए ।

उनले भने, “यो हाम्रो यार्सा टिप्ने समयमा तीन महिनासम्म विद्यालय बन्द गर्नुपर्ने बाध्यता हुन्छ किनकी यस क्षेत्रका बासिन्दाको वर्षभरिको कमाइ भनेको तीन महिनाको यार्सागुम्बा संकलन मात्र हो ।

यार्सा संकलन गर्ने वन धनसेरीमा यार्सा नपाएपछि वैशाख मसान्तसम्मका लागि यार्सा संकलनमा समितिले रोक लगाएको थियो । उक्त लगाइएको रोक आइतबारदेखि खुला भएपछि यहाँका स्थानीय बासिन्दा फेरि पोकापन्तरा बोकेर यार्सा संकलन गर्न लेकतर्फ लागेका छन् ।

यस क्षेत्रमा यार्सा संकलन गर्नका लागि सुर्मा गाउँपालिकाका साथै जिल्लाभरिका स्थानीय बासिन्दा यार्सा संकलनमा गर्न जाने गर्दछन् । यहाँका ग्रामीण बस्तीका स्थानीयकै आम्दानीको मुख्य स्रोत भनेको नै हिमालमा पाउने बहुमूल्य जडीबुटी र यार्सा गुम्बा नै हो । विगतका दिनभन्दा अहिले केही कम मात्रामा यार्सागुम्बा पाइने भएपछि यहाँका स्थानीय चिन्तित भएका छन् ।

यार्सागुम्बा संकलन गर्न जिल्लाका विभिन्न ठाउँबाट संकलन गर्न जाने गर्दैछन् र यो यार्सागुम्बा संकलन समयभित्र सुर्मा गाउँपालिका, तल्कोट गाउँपालिका, साइपाल गाउँपालिका र बुंगल नगरपालिकाका अधिकांश विद्यालय तीन महिनाका लागि बन्द हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्