१२ हाइड्रोपावर कम्पनीद्वारा लाभांश घोषणा, त्यस्तै बुक क्लोज हुन् बाँकी कम्पनी पनि छन्

काठमाडौं, ३ मंसिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएका हाइड्रोपावर कम्पनीहरुमध्ये १२ कम्पनीले लाभांश घोषणा गरेका छन् ।

सगरमाथा जलविद्युत,बिन्द्याबासीनि हाइड्रोवर, अपि पावर, अरुण भ्याली,रु रु जलविद्युत, मन्दाकिनी हाइड्रोपावर,सुपरमादी हाइड्रोपावर,साहज उर्जा लिमिटेड, भगवती हाइड्रोपावर, माण्डु हाइड्रोपावर,सुपरमाइ हाइड्रोपावर र सीईडडिबी हाइड्रोपावरले गत आवको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।

रु रु जलविद्युत

रु रु जलविद्युतले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट १५ प्रतिशत बोनश र कर प्रयोजनको लागि ०.७८ प्रतिशतसहित १५.७८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

भगवती हाइड्रोपावर

भगवती हाइड्रोपावरले १,०७३६८ प्रतिशतले हुन आउने ६ करोड १४ लाख २१ हजार ६८४.२१ रुपैयाँ नगद लाभांश (नगद लाभांश र बोनस सेयरमा लाग्ने कर समेत) र चुक्तापूँजीको ४ प्रतिशतले बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।

सुपरमाई हाइड्रोपावर

सुपरमाई हाइड्रोपावरले सेयरधनीको लागि १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश (कर सहित) दिने घोषणा गरेको हो ।

माण्डु हाइड्रोपावर

माण्डु हाइड्रोपावरले हाल कायम रहेको चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ११ प्रतिशत बोेनश सेयर दिने घोषणा गरेको हो ।

विन्ध्यावासिनी हाइड्रोपावर

विन्ध्यावासिनी हाइड्रोपावरले ८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

अपि पावर कम्पनी

अपि पावर कम्पनीले ९४,७३७ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४७३७ प्रतिशत नगद लाभांश रहेको छ ।

सुपरमादी हाइड्रोपावर

सुपरमादी हाइड्रोपावरले ५ प्रतिशत नगद र ०.२६३ प्रतिशत बोनश सेयर वितरण गर्ने निर्णय गरेको छ ।

साहज उर्जा

साहज उर्जा लिमिटेडले ८ प्रतिशत बोनश र ०.४२ नगदसहित ८.४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

मन्दाकिनी हाइड्रोपावर

मन्दाकिनी हाइड्रोपावरले ५ प्रतिशत बोनश र ०।२६ प्रतिशत नगदसहित ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

सगरमाथा जलविद्युत

सगरमाथा जलविद्युतले बोनश र नगदसहित ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

अरुण भ्याली हाइड्रोपावर

अरुण भ्याली हाइड्रोपावरले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ३ प्रतिशत बोनस सेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

लाभांश घोषणा गरेका यी १२ कम्पनीमध्ये १ कम्पनीको मात्रै बुक क्लोज हुन बाँकी छ । बुक क्लोज हुन बाँकी सुपरमाइ हाइड्रोपावर रहेको छ । अझै पनि सुपरमाई हाइड्रोपावरको सेयर किन्दा प्रस्तावित लाभांश पाइनेछ ।

सुपरमाई हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ । ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश (कर सहित) दिने घोषणा गरेको हो ।

उक्त प्रस्ताव विद्युत नियमन आयोग र आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्