सुन प्रतितोला एक हजार रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले वृद्धी
काठमाडौं, ३ मंसिर । अमेरीकामा नयाँ राष्ट्रपति नियुक्तपछि अमेरीकन डलरको भाउ वृद्धिहुँदै गएको छ । तर त्यसको असर स्वरुप केहीदिन यता सुनको मुल्यमामा गिरावट आएको थियो । तर आज सोमबार, सुन र चाँदीको मूल्य बढेको छ । यसदिन सुन प्रतितोला एक हजार रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस दिन चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबार चाँदीको मूल्य प्रतितोला एक हजार ९०५ रुपैयाँमा खरिदबिक्री भएको थियो । यसले गर्दा सुनको मुल्यमा पनि उचढचढाव आएको छ ।
प्रतिक्रिया दिनुहोस्