आइतबारको बन्द आह्वानपछि विप्लवले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीको नेतृत्वमा आह्वान गरिएको आइतबारको नेपाल बन्द सफल भएको बताएको छ ।  पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले आइतबार साँझ एक विज्ञप्ति जारी गरी बन्द सफल भएको बताएका हुन् ।

विज्ञप्तिमा राष्ट्रघातका विरुद्ध पार्टीले आयोजना गरेको नेपाल बन्दका क्रममा जनताको प्रतिरोध र प्रतिवाद, यहाँका देशभक्त, राष्ट्रवादी, गणतन्त्रवादीहरुको सक्रियता, सहयोग र ऐक्यबद्धता रहेको जनाइएको छ । बन्द सफल पार्ने सबैलाई विप्लवले धन्यवाद समेत दिएका छन् ।

उक्त पार्टीले भर्खरै भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, भ्रमणका क्रममा भएको अरुण तेश्रोको शिल्यान्यास, प्रधानमन्त्री मोदीलाई गरिएको नागरिक अभिनन्दन, अभिनन्दनका नाममा भएको भारतीय सेना र सुरक्षाफौजको जबर्जस्ती, मुस्ताङमा मोदीले गरेको पुजा अर्चना, नेपाली पत्रकारमाथि भएको भारतीय सुरक्षा फौजको हर्कत लगायतले मुलुकको स्वाभिमानमाथि आँच पुगेको भन्दै त्यसको विरुद्धमा नेपाल बन्दको आयोजना गरेको थियो ।  बन्दको प्रभाव काठमाडौं उपत्यका लगायत देशैभर आंशिक रुपमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्