नेप्से २७६० अंकमा पुगेर ११ अर्ब ३१ करोडको कारोबार हुँदा सेयर बजारमा छायो हरियाली
काठमाडौं, २६ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.१४ अकंले बढेर २७६०.२१ बिन्दुमा कायम भएको छ । आज ३०२ कम्पनीको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ३१ करोडको सेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै साहस उर्जाको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै कमाउनेमा भने सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषि लघुवित्त, सिर्जनसिल लघुवित्तका लगानीकर्ता रहेका छन् । आज यी ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्