पहिलो त्रैमास प्रभु महालक्ष्मी लाइफको नाफामा २५% वृद्धि साथै बीमाशुल्क आर्जनमा पनि सुधार
काठमाडौं, २६ कात्तिक । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।०८२ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। यससँगै, प्रभु महालक्ष्मी लाइफ बीमा कम्पनीहरूमा पहिलो भएको छ जसले पहिलो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीको वित्तीय विवरण अनुसार, उक्त अवधिमा १२ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.७४ प्रतिशतको वृद्धि हो, जसमा अघिल्लो वर्षको नाफा १० करोड ३ लाख रुपैयाँ थियो।
कम्पनीको महाविपत्ति कोषमा ९ करोड ६९ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ६२ करोड २५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको असार महिनासम्मको तुलनामा महाविपत्ति कोषमा ६.९६ प्रतिशतको वृद्धि भएको छ भने रिटेन्ड अर्निङ ३४.८९ प्रतिशत घटेको छ।
कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ९९ करोड ७२ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४५।७७ प्रतिशतको वृद्धि हो। साथै, कम्पनीले १ अर्ब २० करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब १५ करोड १५ लाख रुपैयाँको तुलनामा ४.८३ प्रतिशतको वृद्धि हो।
खुद बीमाशुल्क आर्जन १ अर्ब १७ करोड २९ लाख रुपैयाँ पुगेको छ, जसमा ४।१८ प्रतिशतको वृद्धि भएको छ। कम्पनीको सेयरपुँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ रहेको छ। यस वित्तीय प्रगतिको परिणाम स्वरूप, कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १०.६९ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ९.३५ रुपैयाँको तुलनामा वृद्धि भएको हो। कम्पनीको पीई रेसियो ५३.५५ गुणा रहेको छ र प्रतिशेयर नेटवर्थ ११९.३४ रुपैयाँ पुगेको छ।
कम्पनीले यस वित्तीय वर्षमा उल्लेखनीय सुधार देखाएको छ र आगामी दिनहरूमा थप वृद्धि र स्थिरता कायम राख्ने संकेत दिएको छ।
प्रतिक्रिया दिनुहोस्