आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालद्वारा थाइल्यान्डलाई १४० रनको लक्ष्य

काठमाडौं, २५ । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले आफ्नो चौथो खेलमा थाइल्याण्डसँग खेलिरहेको छ । जारी खेलमा नेपालले थाइल्याण्डलाई १४० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको छ । नेपालका लागि ओपनर सना प्रवीणले ४६ बलमा ७ चौकासहित सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेलिन्।

त्यस्तै अर्का ‍ओपनर साबित्री धामीले २८ रन बनाइन् । सोनी पाख्रिनले १९ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुनै समय १३ औं ओभरमा ८८–० को अवस्थामा रहेको नेपालले त्यसपछि लगातार रुपमा विकेट गुमाउँदै ५१ रन जोड्दा ९ विकेट गुमायो ।

थाइल्याण्डका लागि नथारिका ठोकोइले ४ ओभरमा ३१ रन दिएर ३ विकेट लिइन् । त्यस्तै केसिनी कैजुम्फोलले २ तथा कोरानित सुवाञ्चोनराथीले १ विकेट लिइन् ।

यसअघि थाइल्याण्डको पहिलो खेलमा नेपाल विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्