कैलाली खुल्ला दिसामुक्त जिल्ला घोषणा

काठमाडौं । कैलाली आज खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको छ । कैलालीलाई आज एक भब्य कार्यक्रमका साथ खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।
कैलाली प्रदेश नं ७ मा खुल्ला दिसामुक्त घोषणा हुने जिल्ला अन्तिम र देशको ५१औँ जिल्ला रहेको छ । जिल्लालाई विभिन्न चुनौतीका कारण तोकिएको समय भन्दा ढिलो गरी खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।
समारोहमा प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले सरसफाइ अभियानलाई निरन्तरता दिन आवश्यक पहल गर्ने बताउनुभयो । घोषणा गरेर मात्र हुँदैन, सरसफाइ अभियानलाई पनि निरन्तरता दिन जरुरी रहेको मुख्यमन्त्री भट्टले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्