बालकृष्ण ढुंगेल जेल चलान

काठमाडौं । सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेललाई सातदोवाटोबाट प्रहरीले पक्राउ गरेलगत्तै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत लगिएको थियो ।

अदालत परिसरमा कडा सुरक्षाका साथै मिडियाको घेराबन्दी थियो । अदालतको ढोकाबाट निस्कदै गर्दा ढुंगेलले हात हल्लाउँदै बाहिरिएका थिए । ढुंगेललाई प्रहरीले धकेल्दै बाहिर निकाल्यो र गाडीमा हाल्यो ।

८ बर्ष अगाडि सर्वोच्च अदालतले ढुंगेललाई एक द्वन्द्वकालीन हत्यामा दोषी ठहर्राएको थियो । ढुंगेलले यस घटनामा आफु निर्दोष रहेको बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्