अमेरिकी डलरको भाउ नयाँ उचाइमा

काठमाडौं, २३ कार्तिक। अमेरिकी डलरको भाउ नयाँ उचाइमा पुगेको छ । अमेरिकी ।ाष्ट्रपतिमा डोलाल्ट ट्रम्प निर्वाचित भएसँगै अमेरिकी डलरको भाउ नयाँ वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा डलर १४ पैसा महँगिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३५ रुपैयाँ ३० पैसा तोकेको छ भने खरिददर मूल्य १३४ रुपैयाँ ७० पैसा छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै साउदी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ २ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ८६ पैसा छ । राष्ट्र बैंकले शुक्रबारका लागि कतारी रियालको बिक्रीदर मूल्य ३७ रुपैयाँ १२ पैसा तथा खरिदर मूल्य ३६ रुपैयाँ ९६ पैसा तोकेको छ ।

यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ८४ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ६७ पैसा छ । एक मलेसियन रिंगिटको खरिददर मूल्य ३० रुपैयाँ ५९ पैसा रहँदा बिक्रीदर मूल्य ३० रुपैयाँ ७३ पैसा छ ।
त्यस्तै अस्ट्रेलियन डलरको बिक्रीदर मूल्य ८९ रुपैयाँ ७२ पैसा तथा खरिददर मूल्य ८९ रुपैयाँ ३३ पैसा छ ।

ब्यापार घाटाको खाडल रहेकाले अमेरिकी डलरको मूल्य बढ्दा नोक्सानी पर्दछ । डलरको मूल्य बढ्दा आयात हुने सबै वस्तु महँगिन जान्छ । यसले मुलुकमा मुद्रास्फिति बढ्ने जोखिम रहन्छ ।

सबैभन्दा धेरै आयात हुने पेट्रोलियम पदार्थ, सवारीसाधन तथा पार्टपूर्जा, औद्योगिक कच्चा पदार्थ समेत महँगिन जान्छ । उहीं परिमाण आयात गर्दा पनि धेरै विदेशी मुद्रा खर्चिनुपर्छ ।

डलर महँगिदा दैनिक उपभोग्य वस्तु महँगिने, निर्माण आयोजना तथा पूर्वाधारको लागत बढ्ने समस्या देखिन्छ । डलरको भाउ बढ्दा पर्यटन र रेमिट्यान्स क्षेत्रबाट नेपाललाई हुने आम्दानी रुपैयाँमा केही बढी देखिन जान्छ । यसले अर्थतन्त्रका केहि प्रभाप भने पार्छ ।

प्रतिक्रिया दिनुहोस्