कुवेतविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल
काठमाडौं,२२ कात्तिक । यूएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले दोस्रो खेलमा कुवेतविरुद्ध अहिले ब्याटिङ गर्दैछ ।
दुबईस्थित दी सेभेन्स स्टेडियममा नेपालले टस जितेर पहिले ब्याटिङ गर्न लागेको हो ।
पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको नेपाल लगातार दोस्रो खेल जित्ने लक्ष्यसाथ खेलिरहेको छ ।
आयोजक यूएईसँग कुवेत पहिलो खेलमा १०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । खल डबल राउण्ड रोविनका आधारमा खेलाइनेछ । त्यसपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।
प्रतिक्रिया दिनुहोस्