नेपाल र बंगलादेशबीचको फाइनल खेल काठमाडौं महानगरले तीन ठाउँमा लाइभ देखाउने

काठमाडौं, १४ कार्तिक। काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने भएको छ ।

नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने महानगरले जानकारी गराएको छ । खेलप्रेमीहरुको उत्सुकतालाई मध्यनगर राखेर काठमाडौ महानगर यसको चाजोपाजो मिलाएको हो । दर्शकहरु टिकट काटेर पनि खेल्न हेर्न अत्यन्त उत्सुक हुँदा पनि टिकट पाउन मुश्किल भएको र टिकट लिने ठाउँमा अत्यन्त ठुलो भिड भएकोले नेपाली खेलप्रेमी दर्शकको भावनालाई बुझेर महानगर यो निर्णय लिइएको हो ।

खेल आज साँझ साढे ६ बजेदेखि सुरु हुनेछ । खेल रोमाञ्चक हुने देखिन्छ ।

सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भुटानलाई हराएर फाइनलमा पुगेका हुन् । नेपाल र बंगलादेश दुवैले उपाधि जित्ने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्