अल्ट्रा धावक सुमनलाई फाउण्डेशनको सहयोग
काठमाडौं, १२ कार्तिक । नेपालका अल्ट्रा धावक सुमन कुलुङराईलाई अष्ट्रियाको सीकप्रीड फाउण्डेशले सहयोग गर्ने भएको छ । विगत दुई वर्ष देखि धावक राईलाई आवश्यक सहयोग गर्दै आएको फाउण्डेशनले आगामी खेल जीवनभर सहयोग गर्ने बताएको छ । यसका लागि बर्षको करिव १२ हजार युरो खर्च हुने फाउण्डेशनले अनुमान गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङसँगको भेटमा फाउण्डेशनकी अध्यक्ष सिकप्रीडले धावक राई विश्वको दशजना खेलाडीभित्र पर्ने सम्भावना रहेको बताईन । राईको शारीरिक परिक्षणबाट उनीभित्र खेल सम्भावना देखिएको जानकारी गराउदै नेपालमा सुमन जस्ता धेरै खेलाडी हुन सक्ने उनको भनाई छ ।
धावक राई पर्यटकको गाईडका रुपमा काम गर्दा दुई बर्ष पहिला फाउण्डेशनका पदाधिकारीसँग सम्पर्कमा आएका थिए । फाण्डेशनले राईको सम्पूर्ण मेडिकल चेकअप गर्दा विश्वका दश धावकभित्र पर्ने सम्भावना देखिएको भन्दै सहयोग गरेको जानकारी दिएका छन् ।
फाउण्डेशनकी अध्यक्ष सिकप्रीडले सन २०२५ सेप्टेम्वरमा आयोजना हुने वल्र्ड च्याम्पियनसीपमा सहभागी हुने नेपाली टिमका लागि मेडिकल लगायतको खर्च व्यवस्थापन गरिदिने बताउनुभयो ।
छलफल कार्यक्रम नेपाल एड्भेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुवँरले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्