भारतलाई ट्राइबेकरमा ४-२ ले हराएर फाइनलमा पुग्न सफल, दशरथ रंगशालामा दर्शक खचाखच

काठमाडौं । साफ वुमन्स च्याम्पिनसिप अन्तर्गत आइतबार बेलुका नेपाल र भारतबीच भएको सेमिफाइनल खेल नेपालले भारतलाई ट्राइबेकरमा ४-२ ले हराएर फाइनलमा पुग्न सफल भएको छ ।

नेपालले अब उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । आइतबार नै बंगलादेशले भुटानलाई ७-१ ले हराउँदै फाइनल प्रवेश गरेको थियो । फाइनल खेल बुधबार हुनेछ । सो खेल हेर्न आइतबार बेलुका दशरथ रंगशालामा १८ हजारभन्दा बढी उपस्थित भएको पाइएको छ । आयोजकको रिपोर्ट अनुसार १८ हजार ९ जना उपस्थित थिए । दशरथ रंगशालामा दर्शकदे खचाखच भरिएको थियो । दशरथ को क्षमता भने १५ हजार हो । यस अनुसार नेपाल र भारतबीचको खेल हेर्नेहरु रंगशालाको क्षमताभन्दा बढी थिए । रंगशालाको भीआईपी तथा साधारण सबैतिरका प्याराफिट भरिभराउ थियो ।

सिटमा नअटेर मान्छे हिँड्ने ठाउँमा पनि दर्शक थिए भने बस्ने ठाउँ नपाएर उभिएका थिए । मिडियाका लागि छुट्याइएको ठाउँमा समेत दर्शकहरू खचाखच थिए ।

प्रतिक्रिया दिनुहोस्