साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालविरुद्ध भारतको अग्रता, नेपाली गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रंगशाला तनावग्रस्त
काठमाडौं, ११ कार्तिक । साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालविरुद्ध भारतले अग्रता लिएको छ । खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी हुन् ।आज अहिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको साफ वुमन्स च्याम्पियनसीप २०२४ अन्तर्गत दोस्रो
भारतले गोल गरेलगत्तै नेपाली खेलाडीहरुले पनि भारतको पोस्टमा गोल गरेका थिए । तर उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रंगशाला तनावग्रस्त भएको छ । मान्यता दिनुपर्ने नेपाल पक्ष र दर्शको दावी छ ।
रेफ्रीले सुरुमा गोल भएको संकेत गरेपनि गोल दिएनन् । भारतीय खेलाडीहरु गोलको खुशी मनाउँदै गर्दा नेपालले बल चलाएर गोल गरेको रेफ्रीको दावी छ । यसले गर्दा मन्यता नपाएको उनको भनाइृ छ । यसले गर्दा दशरथ रंगशाला तनावग्रस्त भएको छ ।
प्रतिक्रिया दिनुहोस्