साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भारत सेमिफाइनल खेल हेर्न दशरथ रंगशालाभरि दर्शक भरिभराउ

काठमाडौं, ११ कार्तिक । साफ वुमन्स च्याम्पियनसिप (२०२४ अन्तर्गत आज नेपाल र भारतको सेमिफाइनल खेल हेर्न दशरथ रंगशालाभरि दर्शक भरिभराउ भएका छन् ।
यो देर्शकको रंगशाला भरिभराउ उपस्थितले सबैको ध्यान आज दशरथ रंगशालामा भएको नेपाल र भारतको सेमिफाइनलले केन्द्रित गरेको छ ।
खेल हेर्न दशरथ रंगशालाको क्षमता बराबर नै दर्शक आएका छन् । रंगशालाको भीआईपी तथा साधारण सबैतिरको प्याराफिट भरिएका छन् ।

दशरथ रंगशालाको क्षमता १५ हजार हो । आइतबार नेपाली खेल समर्थकहरु राष्ट्रिय झण्डासहित रंगशालामा उपस्थित भएका छन् । उनीहरुले नेपालको पक्षमा हुटिङ गरिरहेका छन् ।

पछिल्लो पटक विश्वकप छनोट अन्तर्गत नेपाल र यमनको खेल हेर्न रंगशालामा धेरै दर्शक थिए । आजको यो भिडले खेल जगतलाई एउटा महत्वको उचाई बढेको छ । आजको खेल नेपाललाई जित्नै पर्ने दवाव छ । हासला दिन दर्शकहरु उपस्थित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्