साफ वुमन्स च्याम्पियनसिप: बंगलादेश भारत र भिडदै

काठमाडौं, ७ कार्तिक । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत आज समूह ए को अन्तिम खेलमा बंगलादेशले भारतको खेल्द्रै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।

भारत यसअघघि नै समूह ए बाट सेमिफाइनल पुगिसकेको छ । आजको खेलपछि यस समूहबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।

भारतले च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानलाई ५-२ ले पराजित गरेको थियो । त्यसपछि बंगलादेश र पाकिस्तानले १-१ गोलको बराबरी खेले । यस खेलको नतिजाले भारतलाई एक खेल अगावै सेमिफाइनलमा पुर्‍याएको हो ।

बंगलादेशको लागि सेमिफाइनल पुग्न भारतसँग हार टारे पुग्नेछ । भारत जित वा बराबरीले समूह विजेता बन्नेछ । यही बंगलादेश विजयी भए बंगलादेश समूह विजेता र भारत समूह उपविजेताको रुपमा सेमिफाइनल पुग्नेछ । यसले साविक विजेता बंगलादेशले भारतको सामाना गर्नुपर्ने छ ।

यस खेल बंगलादेशको लागि मात्र नभएर मैदान बाहिर बसेर खेल हेर्ने पाकिस्तानको लागि समेत महत्वपूर्ण छ । पाकिस्तानको कामना हुनेछ भारतले बंगलादेशलाई फराकिलो गोल अन्तरले पराजित गरोस् ।

यही तीन वा बढी गोल अन्तरले बंगलादेश भारतसँग पराजित भएमा पाकिस्तानको सेमिफाइनल ढोका खुल्नेछ । त्योभन्दा कम अन्तरमा बंगलादेश पराजित भएमा भने बंगलादेश नै सेमिफाइनल पुग्नेछ र पाकिस्तान बाहिरिनेछ ।

मैदानमा नउत्रिए पनि पनि आजको खेल पाकिस्तानको लागि निकै महत्वपूर्ण छ । बंगलादेशविरुद्ध ऐतिहासिक जित नजिक पुगेर पनि इन्जुरी टाइममा गोल खाँदा पाकिस्तानले बराबरीमा चित्त बुझाउनुपरेको थियो । आजको खेललाई अलि रोचक छ ।

प्रतिक्रिया दिनुहोस्