नेपालकी रेखा पौडेलले माल्दिभ्स विरुद्ध ह्याट्रिक, नेपाल दोस्रो हाफ जारी रहँदा ८-० गोलले अगाडि

काठमाडौं, ५ कार्तिक । साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालकी रेखा पौडेलले माल्दिभ्स विरुद्ध ह्याट्रिक पूरा गरेकी छन् ।

सोमबार दशरथ रंगशालामा भइरहेको खेलमा ४८ औं मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरेकी हुन् ।

साफ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत अहिले भइरहेको खेलमा नेपालले मालदिभ्समाथी गोलको वर्षा गरेको छ ।

दशरथ रंगशालामा भइरहेको खेलमा नेपाल दोस्रो हाफ जारी रहँदा ८-० गोलले अगाडि छ ।

नेपालका लागि रेखा पौडेलले एक्लैले चार गोल गरेकी छन् । प्रिति राईले पनि २ गोल गरेकी छन् ।

यसअघि उनले खेलको ३२ र ४२ औं मिनेटमा गोल गरेकी थिइन् । काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियनसिपमा यो पहिलो ह्याट्रिक हो । उनको ह्याट्रिकसँगै नेपालले माल्दिभ्सविरुद्धको खेलमा ५(० को अग्रता लिएको छ ।

छैटौं मिनेटमा प्रीति राईको गोलबाट नेपालले अग्रता लिएको थियो । सविता रानाको कर्नर पासमा प्रीतिले बायाँ साइडबाट हानेको प्रहार गोल भएको थियो । सविताले २९ औं मिनेटमा बक्स बाहिरबाट सुन्दर गोल गर्दै अग्रता दोब्बर पारिन् । त्यसपछि रेखा पौडेलले ३२ औं र ४२ औं मिनेटमा गोल गरिन् । रेखाले पहिलो गोल रश्मीकुमारी घिसिङको कटब्याक पासमा चेस्टले गोल गरेकी हुन् । रेखाले अर्को गोल सविताको पासमा गरेकी हुन् ।

गोलमेसिन सावित्रा भण्डारी साम्बा टिममा सामेल भएपनि उनी पहिलो हाफमा बेन्चमै छिन् । पहिलो हाफमा नेपालले गोलको अन्य अवसर पनि बनाएको थियो । तर सदुपयोग गर्न सकेन । ३८ औं मिनेटमा विमला चौधरीले हानेको फ्रिकिक बारमा लागेर बाहिरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्