स्वदेश फिर्ता हुँदै भारतीय प्रधानमन्त्री मोदीले भने, ‘भ्रमण ऐतिहासिक ’

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरी स्वदेश फर्कीएका छन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदाइ गरेका हुन् ।

दुई दिने औपचारिक भ्रमणमा नेपाल आएको प्रधानमन्त्री मोदीलाई जनकपुर, काठमाडौंमा विशेष अभिनन्दन गरियो ।
उनले नेपालको धार्मीक स्थल रामजानकी मन्दिर, पशुपतिनाथ र मुक्ति नाथमा विशेष पुजा आजा र उच्च स्तरीय राजनीतिक भेटघाट पुरा गरि स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री मोदीले काठमाडौंबाट नयाँ दिल्ली उड्नुअघि आफ्नो ट्वीटरमा यस्तो पोष्ट गरेर भ्रमण ऐतिहासिक भएको जनाएका हुन् ।नेपाल बसाईको क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको कुरालाई उनले परिणाममुखीको संज्ञा दिएका छन् । उनले ट्वीटमा थप भनेका छन्,‘मेरो भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ आयाम थपेको छ, न्यानो आतिथ्य प्रदान गरेकोमा नेपालीहरु र नेपाल सरकारप्रति हार्दिक कृतज्ञ छु।’

मोदी शुक्रबार विहान पटनाबाट जनकपुरमा ल्याण्ड भएको थिए । त्यहाँ बाटै औपचारिक कार्यक्रम सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्