अमेरिकाले तेस्रो टी-२० मा नेपाललाई १५७ रनको लक्ष्य दिए
काठमाडौं, ५ कार्तिक। घरेलु टोली अमेरिकाले तेस्रो टी-२० मा नेपाललाई १५७ रनको लक्ष्य दिएको छ।
डालासमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो ।
अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एकरएक विकेट लिए ।
यसअघि भएका दुवै खेल नेपालले जितेको थियो । पहिलो खेलमा १७ रनले विजयी भएको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको हो ।यसअघिका दुई वटै खेल जित्दै नेपालले सिरिज जितिसकेको छ। यो खेल जिते नेपालले सिरिज क्लिनस्विप गर्नेछ। यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच आइसिसी विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय त्रिकोणात्मक सिरिज हुनेछ।यो खेल पश्चात नेपालको आजको खेल पनि जित्ने बलियो संभावना बनेको छ ।






















प्रतिक्रिया दिनुहोस्