नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै, सावित्रा भण्डारी (साम्बा) खेल्ने सम्भावना

काठमाडौं, ५ कार्तिक । घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु आफ्नो दोस्रो खेलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

फ्रान्समा लिग खेलिरहेकी गोलमेसिन तथा मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बाविनै मैदान उत्रिएको नेपाल भुटानविरुद्ध फिनसिङमा चुक्दा गोल गर्न असफल बनेको थियो ।

यस्तै त्यस खेलमा दुई खेलाडी घाइते हुनु नेपालक लागि दुर्भाग्य बन्यो । भुटान विरुद्ध घाइते हुँदै मैदानछाडेका डिफेण्डर हिरा भुजेल र मिडफिल्डर दीपा शाहीको घुँडाको एसिएलमा चोट रहेकोले उनीहरुले साफको बाँकी खेल गुमाउनेछन् ।

हिरा भुटानविरुद्ध पहिलो रोजाइमै खेलेकी थिइन् भने दीपा दोस्रो हाफमा मैदान प्रवेश गरेकी थिइन् ।

तर, नेपालका लागि सुखद खबर भयो । फरवार्ड सावित्रा भण्डारी आइतबार राति फ्रान्सबाट काठमाडौं आइपुगेकी छिन् । उनी टिममा सामेल भइसकेकी छन् । अब साम्बाले माल्दिभ्सविरुद्ध आज खेल्ने सम्भावना पनि छ ।

आइतबार प्रशिक्षणका क्रममा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सावित्राले खेल्न चाहे पहिलो रोजाइमा खेलाउन सकिने र आराम चाहे आराम गर्ने प्रतिक्रिया दिएका थिए । सावित्राको आगमनले नेपाली टिम र समर्थकको पनि मनोबल बढेको छ ।

दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरकको रुपमा रहेकी सावित्राले युरोपमा लिग खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाइसकेकी छिन् । उनले नेपालक लागि ४६ खेलमा सर्वाधिक ५३ गोल गरेकी छन् ।

फ्रान्सको माथिल्लो श्रेणीको लिगमा इएन अभान्ट गुइग्याम्पबाट खेलिरहेकी सावित्राले शनिबार भएको स्ट्रासवर्गविरुद्धको खेल गोल गरेकी थिइन् र उक्त खेल गुइग्याम्पले ३-२ ले जितेको थियो ।

सावित्राको आगमन अनी दुई खेलाडी चोटका कारण बाहिरिएपछि माल्दिभ्सविरुद्ध खेल्ने नेपालको पहिलो रोजाइमा परिवर्तन हुने पक्का छ ।

माल्दिभ्सविरुद्ध खेल्दा नेपाललाई जित आवश्यक छ । समूह बी मा नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ । माल्दिभ्स पहिलो खेलमा श्रीलंकासँग १(० ले पराजित भएको थियो । आजै श्रीलंका र भुटानबीच दिउँसो साढे १ बजे खेल हुँदैछ। आजको खलेको प्रतिष्पर्धा रोचक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्