इन्डोनेसियामा अमेरिकी दूतावास अगाडि प्रदर्शन, सयौं गिरफ्तार
काठमाडौं। इन्डोनेसियाको राजधानी जकार्तामा रहेको अमेरिकी दूतावास अगाडि प्रदर्शनमा उभिएका सयौंलाई शुक्रबार गिरफ्तार गरिएको छ।
अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएको विरोधमा इन्डोनेसियाली मुुसलमान धर्मावलम्बीहरूले प्रदर्शन गरेका हुन्।
उनीहरुले यस सम्बन्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय विवादास्पद भएको बताउँदै विरोध गर्दै आएका छन्। गत डिसेम्बरमा भएको ट्रम्पको निर्णयको विरोधमा संसारभरका विभिन्न देशहरूमा शृङखलावद्ध तरिकाले प्रदर्शनहरू भइरहेको छ।
अमेरिकाको ट्रम्प प्रशासनले अमेरिकी दूतावास तेल अभिभबाट जेरुसेलममा सारिसकेको छ। सो कार्यालयको उद्घाटन आउँदो सोमबार गर्ने कार्यक्रम रहेको छ।
इन्डोनेसियाको राजधानीमा रहेको राष्ट्रिय स्मृति पार्कमा हजारौँ प्रदर्शनकारी भेला भएका थिए। उनीहरूले प्यालेस्टाइनको झण्डा र ‘स्टप ट्रम्प’ लेखिएको व्यानर लिएका थिए।
प्रतिक्रिया दिनुहोस्